शुक्रबार, बैशाख ४, २०८३
Follow us:

बाढी पीडितको उद्धार र राहतमा खट्न नेता कार्यकर्तालाई देउवाको निर्देशन

बाढी पीडितको उद्धार र राहतमा खट्न नेता कार्यकर्तालाई देउवाको निर्देशन

  • सत्य खबर नेपाल

  • मङ्लबार, असार २४, २०८२

  • 162
    SHARES
बाढी पीडितको उद्धार र राहतमा खट्न नेता कार्यकर्तालाई देउवाको निर्देशन

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी पहिरोमा प्रभावितहरूका लागि राहत र उद्धारमा खट्न स्थानीय नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।

सभापति देउवाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि राहत र उद्धार प्रभावकारी रुपमा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबार राति आएको बाढीले रसुवामा १८ जना सम्पर्कविहीन भएका छन् ।

बाढीले विद्यत् आयोजना र पुलहरुमा क्षति पुर्‍याएको छ । रसुवागढी भन्सारमा राखिएका करिब एक सय गाडीहरू बाढीले बगाएको अनुमान गरिएको छ ।

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology