शुक्रबार, बैशाख ४, २०८३
Follow us:

रसुवातर्फ उड्यो प्रधानमन्त्रीसहितको सरकारी टोली

रसुवातर्फ उड्यो प्रधानमन्त्रीसहितको सरकारी टोली

  • सत्य खबर नेपाल

  • मङ्लबार, असार २४, २०८२

  • 113
    SHARES
रसुवातर्फ उड्यो प्रधानमन्त्रीसहितको सरकारी टोली

काठमाडौँ। चीनतर्फबाट आएको अकस्मातको बाढीका कारण जनधनको क्षति भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीसहितको सरकारी टोली घटनास्थतर्फ प्रस्थान गरेको छ।

नेपाली सेनाको हेलिकप्टरबाट प्रधानमन्त्रीसहितको टोली मंगलबार अपराह्न रसुवागढीतर्फ प्रस्थान गरेको हो।

टोलीमा गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल, गृह सचिव गोकर्णमणि दुवाडीलगायतका सरकारी अधिकारी रहेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए। टोलीले घटनास्थलको अवलोकन पछि राहत, पुनर्स्थापना र पुनर्निर्माणबारे आवश्यक निर्णय गर्ने बताइएको छ ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology