सोमवार, साउन ११, २०८३
Follow us:

भोलिदेखि रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन, भरतपुरमा अन्तिम तयारी तीव्र

भोलिदेखि रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन, भरतपुरमा अन्तिम तयारी तीव्र

  • सत्य खबर नेपाल

  • शनिबार, असार ६, २०८३

  • 71
    SHARES
भोलिदेखि रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन, भरतपुरमा अन्तिम तयारी तीव्र
काठमाडौं, असार ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन भोलिदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ। महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको केन्द्रीय समिति बैठक भरतपुरमा सुरु भएको छ।

बैठकमा सभापतिको स्वागत मन्तव्यपछि महाधिवेशन तयारीका लागि गठन गरिएका विभिन्न उपसमितिका संयोजकहरूले तयारीको अवस्थाबारे जानकारी गराइरहेका छन्। महाधिवेशनलाई व्यवस्थित, प्रभावकारी र सफल बनाउन पार्टीले कार्यक्रम सञ्चालन, प्रतिवेदन समन्वय, गुनासो व्यवस्थापन, आर्थिक व्यवस्थापन, प्रतिनिधि व्यवस्थापन, कानुनी समन्वय, प्रचार–प्रसार तथा सञ्चार, सुरक्षा तथा स्वयंसेवक परिचालन, सूचना प्रविधि, अभिलेखीकरण तथा दस्तावेजीकरण तथा अनुशासनलगायत विभिन्न उपसमिति गठन गरेको छ।

पार्टीका अनुसार महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिहरूको सहभागिता रहनेछ। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीको भावी राजनीतिक दिशा, संगठन विस्तार तथा नीतिगत विषयमा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

रास्वपाले महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमितिमार्फत तयारीलाई अन्तिम चरणमा पुर्‍याएको जनाएको छ। भरतपुरमा प्रतिनिधि व्यवस्थापन, सुरक्षा, सञ्चार तथा प्राविधिक व्यवस्थापनका कामहरू तीव्र रूपमा अघि बढाइएको पार्टीले जनाएको छ।

महाधिवेशन भोलिदेखि औपचारिक रूपमा सुरु हुने कार्यक्रम रहेको छ।


सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology