काठमाडौँ — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावल भदौ ६ गतेदेखि सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमणमा जाने भएकी छन्।
कञ्चनपुर, कैलालीलगायत जिल्लामा उनले सहकारी, भूमिहीन तथा सुकुम्बासीका समस्या प्रत्यक्ष सुन्ने र समाधानका लागि पहल गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा सरकारका काम, प्रगति र आगामी योजनाबारे स्थानीय नागरिक तथा सरोकारवालालाई जानकारीसमेत दिनेछिन्।