बिहिबार, भदौ २५, २०८३
Follow us:

सुदूरपश्चिममा वर्षा कायमै, तीन दिनसम्म मौसम बदली रहने

सुदूरपश्चिममा वर्षा कायमै, तीन दिनसम्म मौसम बदली रहने

  • सत्य खबर नेपाल

  • सोमवार, भदौ २२, २०८३

  • 1
    SHARES
सुदूरपश्चिममा वर्षा कायमै, तीन दिनसम्म मौसम बदली रहने

सुदूरपश्चिम । कैलालीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय, अत्तरियाका अनुसार आगामी तीन दिनसम्म प्रदेशका अधिकांश क्षेत्रमा वर्षा कायमै रहने सम्भावना छ ।

कार्यालय प्रमुख इञ्जिनियर सञ्जयकुमार साहका अनुसार आजदेखि २४ गतेसम्म हिमाल, पहाड र तराईका अधिकांश भूभागमा मौसम सामान्यतया बदली रहनेछ । यस अवधिमा विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज पहाडी तथा तराई क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन कार्यालयले आग्रह गरेको छ ।

साहका अनुसार आज दिउँसो हिमाली क्षेत्रमा थोरै तथा पहाडी र तराई क्षेत्रका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ । राति हिमाली क्षेत्रमा थोरै तथा पहाडी र तराईका केही स्थानमा मध्यम वर्षा हुनसक्नेछ । पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको पूर्वानुमान छ ।

यस्तै, मंगलबार वर्षाको दायरा केही घट्ने भए पनि मौसम पूर्णरूपमा खुल्ने छैन । हिमाली तथा पहाडी क्षेत्रमा थोरैदेखि धेरै स्थान र तराईका केही क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । मंगलबार राति भने तीनै भूभागका थोरै स्थानमा मध्यम वर्षा हुनसक्ने कार्यालयले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology