काठमाडौं । परिवर्तन नेपालका संयोजक राज टाइगरको संयोजकत्वमा आयोजना गरिएको उक्त कार्यक्रम २०८३ असोज ३० गते शुक्रबारका लागि तय गरिएको हो।

कार्यक्रममार्फत नेपालीहरूको महान् चाड बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा आपसी सद्भाव, एकता र भाइचाराको भावना अभिवृद्धि गर्दै शुभकामना आदान–प्रदान गर्ने उद्देश्य राखिएको छ।

‘माटो बदल्छौँ, विचार बदलौँ’ भन्ने नारासहित आयोजना गरिएको कार्यक्रमले सामाजिक एकता, सकारात्मक सोच र आपसी सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
