शनिबार, बैशाख ५, २०८३
Follow us:

अभिनेत्री शेफाली जरीवालाको निधन

अभिनेत्री शेफाली जरीवालाको निधन

  • सत्य खबर नेपाल

  • शनिबार, असार १४, २०८२

  • 187
    SHARES
अभिनेत्री शेफाली जरीवालाको निधन

काठमाडौं। बलिउड अभिनेत्री शेफाली जरीवालाको मृत्युको कारण अझै स्पष्ट नभएको मुम्बई प्रहरीले बताएको छ। पोस्टमार्टमका लागि उनको शव अस्पताल लगिएको छ। उनी ४२ वर्षकी थिइन्।

मुम्बई प्रहरीले भनेको छ, ‘प्रहरीलाई शुक्रबार राति १ बजे यसबारे जानकारी प्राप्त भयो। उनको शव पोस्टमार्टमका लागि कुपर अस्पताल पठाइएको छ। उनको मृत्युको कारण अझै स्पष्ट भएको छैन।’

एक अधिकारीका अनुसार फोरेन्सिक युनिट र मुम्बई प्रहरीको टोली गोल्डेन रे-वाई भवनमा रहेको अभिनेत्री जरीवालाको अपार्टमेन्ट पुगेर अनुसन्धान थालेका छन्। उनका पति अभिनेता पराग त्यागीले उनलाई मुम्बईको अन्धेरी उपनगरमा रहेको बेलेभ्यु मल्टिस्पेसलिटी अस्पताल पुर्‍याएका थिए।

अस्पताल स्रोतले भन्यो, ‘उनी (शेफाली जरीवाला) लाई शुक्रबार राति ११स्१५ बजेतिर अस्पताल ल्याइएको थियो। ड्युटीमा रहेका डाक्टरहरूले उनलाई मृत घोषणा गरे।’ शेफालीको मृत्यु हृदयाघातका कारण भएको अनुमान गरिए पनि उनका परिवार वा प्रतिनिधिले अहिलेसम्म कुनै आधिकारिक वक्तव्य जारी गरेका छैनन्।

शेफालीले आफ्नो पतिसँग डान्स शो ‘नच बलिए’ र पछि ‘बिग बोस १३’ जस्ता रियालिटी शोमा भाग लिएर लोकप्रिय भएकी थिइन्। शेफाली २००२ मा ‘काँटा लगा’ गीतबाट चर्चामा आएकी थिइन्।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology