शुक्रबार, बैशाख ४, २०८३
Follow us:

जब ४ जनाका हत्यापछि राजेन्द्रले प्रहरीलाई भने : मैले मान्छे मारे, पक्राउ गर्नू

जब ४ जनाका हत्यापछि राजेन्द्रले प्रहरीलाई भने : मैले मान्छे मारे, पक्राउ गर्नू

  • सत्य खबर नेपाल

  • आइतवार, असार २२, २०८२

  • 179
    SHARES
जब ४ जनाका हत्यापछि राजेन्द्रले प्रहरीलाई भने : मैले मान्छे मारे, पक्राउ गर्नू

भोजपुर। भोजपुर नगरिपालिका–२ हेलौछाका राजेन्द्र राईले चार जनाको हत्या गरेपछि प्रहरीलाई फोन गरेका छन्।

पत्नीसहित सासु, ससुरा र सालोलाई धारिलो हतियारले हानेर हत्या गरेपछि प्रहरीमा फोन गरी आत्मसमर्पण गरेका हुन्।

राईले रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीस्थित ससुरालीमा शनिबार राति ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासु मन्जु गिरी र उनका पत्नी र सालोको शव फेला परेको थियो ।

पत्नी र सालो नाबालिग रहेका कारण परिचय खुलाइएको छैन। पत्नी १६ र सालो १० बर्षका थिए।

राईले शनिबार राति सवा १ बजे प्रहरी कन्ट्रोल रुममा फोन गरेर ‘ममाथि चक्कु प्रहार भएकाले मैले मान्छे मारेँ, मलाई पक्राउ गर्न आउनुस्’ भन्दै खबर गरेका थिए।

उनको फोनपछि अस्थायी प्रहरी चौकी ओख्रेबाट असई अशोक कुमार खवासको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो।

रामप्रसाद राई गाउँपालिका–१ हर्बुभञ्ज्याङमा घाइते अवस्थामा हत्या अभियुक्तलाई पक्राउ गरिएको थियो। उनको पेटमा चोट लागेको छ।

उनी जिल्ला अस्पताल भोजपुरमा उपचाररत छन्। प्रहरीले घटनास्थलमा धारिलो हतियार समेत बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर दीपक श्रेष्ठका अनुसार प्रारम्भिक बयानमा राईले शनिबार राति करिब ११ बजे सासुले आफूमाथि चक्कु प्रहार गरेपछि रिसमा आएर चार जनाको हत्या गरेको बताएका छन्।

राजेन्द्र राईले करिब एक वर्षअघि प्रेम विवाह गरेका थिए। हत्याको ठोस कारणका लागि अनुसन्धान जारी छ। हाललाई हत्याअभियुक्तको बयानलाई प्रारम्भिक ठानिएको हो।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology