बुधबार, जेष्ठ २०, २०८३
Follow us:

बाढीले रसुवाको मितेरी पुल बगायो, ११ उद्धारकर्मी फसे

बाढीले रसुवाको मितेरी पुल बगायो, ११ उद्धारकर्मी फसे

  • सत्य खबर नेपाल

  • मङ्लबार, असार २४, २०८२

  • 242
    SHARES
बाढीले रसुवाको मितेरी पुल बगायो, ११ उद्धारकर्मी फसे

रसुवा। नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले सीमा क्षेत्रमा रहेको मितेरी पुल बगाएको छ।

बाढीले टिमुरेस्थित भन्सार कार्यालय परिसर (यार्ड) मा राखिएका गाडी बगाएको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए। उनले बाढी आएपछि भन्सार क्षेत्रमा रहेका मानिसको उद्वार गर्न जाने क्रममा ११ जना उद्वारकर्मी नै फसेका बताए।

हेलिकप्टरमार्फत उनीहरूको उद्वार गर्न नेपाली सेनालाई अनुरोध गरिएको र बाढीले के कति क्षति पुर्‍यायो भन्ने सम्बन्धमा तथ्यांक संकलन भइरहेको पनि उनले जानकारी दिए।

यस्तै रसुवागढी हाइड्रोका कर्मचारीसमेत बाढीको चपेटामा परेका कारण उद्वारका पर्खाइमा रहेको उक्त आयोजनाले जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology