काठमाडौँ। बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से २२।०४ अंकले बढेर २७०५।९० विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम पनि बढेको छ।
मंगलबार ६ अर्ब ५७ करोड रूपैयाँको कारोबार भएकोमा बुधबार सात अर्ब ४५ करोड रूपैयाँको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ८८ करोड रूपैयाँ वृद्धि भएको हो।
आज ३१६ वटा धितोपत्रको एक करोड ५८ लाख २२ हजार ९७० कित्ता सेयर किनबेच भएको हो। बुधबार १९९ कम्पनीको सेयर मूल्य बढेको छ भने ४९ वटाको घटेको छ।
यसदिन बरुण हाइड्रोपावरको मूल्य सर्वाधिक ६।२१ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४५२ रूपैयाँ २० पैसा कायम भएको छ। पन्चकन्या माई हाइड्रोपावरको मूल्य ४।२८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४०६ रूपैयाँ १९ पैसा पुगेको छ। ग्रीन डेभलपमेन्ट बैंकको मूल्य सर्वाधिक ४।४१ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ३३१ रूपैयाँ ५९ पैसामा झरेको छ।
यसैगरी, एनएमबी हाइब्रिड फण्डको मूल्य ३।०१ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ८ रूपैयाँ ७१ पैसा कायम भएको छ। बुधबार राधी विद्युतको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता एक रूपैयाँमा ७९० रूपैयाँमा ४६ करोड ७१ लाख रूपैयाँको सेयर कारोबार भएको छ।