शनिबार, साउन ३०, २०८३
Follow us:

उच्च अदालत बार एशोसिएशन पाटनको निर्वाचन : अध्यक्षमा तीनजनाको प्रतिस्पर्धा

उच्च अदालत बार एशोसिएशन पाटनको निर्वाचन : अध्यक्षमा तीनजनाको प्रतिस्पर्धा

  • सत्य खबर नेपाल

  • बिहिबार, साउन २१, २०८३

  • 10
    SHARES
उच्च अदालत बार एशोसिएशन पाटनको निर्वाचन : अध्यक्षमा तीनजनाको प्रतिस्पर्धा

काठमाडौं । उच्च अदालत बार एशोसिएशन पाटनको कार्यसमिति (आर्थिक वर्ष २०८३–०८५) निर्वाचनका लागि उम्मेदवारहरूको  नामावली सार्वजनिक गरिएको छ।

निर्वाचन समितिले मिति २०८३ साउन १९ गते प्रथम नामावली प्रकाशन गर्दै साउन ३० गते शनिबार हुने निर्वाचनका लागि दर्ता भएका उम्मेदवारहरूको विवरण सार्वजनिक गरेको हो।

प्रकाशित नामावलीअनुसार अध्यक्ष पदमा सेवन्तराज निरौला, भेषराज पोखरेल र देवीप्रसाद रिजाल बीच प्रतिस्पर्धा हुने भएको छ।

उपाध्यक्ष पदमा दुर्गा प्रसाद चिमरिया, टिकाराम पोखरेल र धर्मप्रसाद पौडेल  उम्मेदवार रहेका छन्।

यस्तै सचिव पदमा राजीव पोखरेल, विदुरप्रसाद अधिकारी (वि.पि.) र सविता बिमली, सह–सचिव पदमा सीमा सुवेदी, श्वेता कुमारी र उपमा पोखरेल तथा कोषाध्यक्ष पदमा दिलकुमार कार्की, अंशु न्हिसुतु र पूर्णरत्न तुलाधर बीच प्रतिस्पर्धा हुने भएको छ।

महिला सदस्य पदका लागि अनिता पौडेल, इन्दिरा कुमारी शर्मा (सुवेदी), बबिता राई, बिन्द्रा दुमरु, सुमित्रा पाण्डे र कृष्णकुमारी पोखरेल ले उम्मेदवारी दिएका छन् भने खुला सदस्य पदका लागि २४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

निर्वाचन समितिका अनुसार निर्वाचन कार्यतालिकाअनुसार अब दाबी–विरोध, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशनको प्रक्रिया अघि बढ्नेछ। निर्वाचन आगामी साउन ३० गते शनिबार हुनेछ।


साझा प्रगतिशील समूहको प्यानल

यसैबीच, आगामी निर्वाचनलाई लक्षित गर्दै साझा प्रगतिशील समूह ले आफ्नो आधिकारिक उम्मेदवारहरूको प्यानल सार्वजनिक गर्दै कानुन व्यवसायीहरूसँग अत्यधिक बहुमतका साथ विजयी गराउन आग्रह गरेको छ।

समूहले सार्वजनिक गरेको प्यानलमा:

  • अध्यक्ष: सेमन्तराज निरौला
  • उपाध्यक्ष: दुर्गा प्रसाद चिमरिया
  • सचिव: राजीव पोखरेल
  • महिला सचिव: सीमा सुवेदी
  • कोषाध्यक्ष: दिलकुमार कार्की

महिला सदस्य:

  • अनिता पौडेल
  • इन्दिरा कुमारी शर्मा (सुवेदी)
  • बबिता राई

खुला सदस्य:

  • विष्णु महत
  • शर्मिला अधिकारी
  • दीपेश ओझा
  • सुलभ पराजुली
  • मैयाँ ढुंगाना
  • निश्चल खरेल
  • बालकृष्ण थापा
  • राजन केसी
  • कटकबहादुर शाही
  • गोविन्दकुमार साह
  • मातृका खनाल

साझा प्रगतिशील समूहले वरिष्ठ अधिवक्ता, अधिवक्ता तथा सबै कानुन व्यवसायीहरूलाई आफ्नो प्यानललाई मतदान गरी विजयी गराउन निर्वाचन परिचालन कमिटी संयोजकले अनुरोध गरेका छन्।

बृहत् प्रगतिशील तथा पेशागत समूहले सुरु गर्‍यो घरदैलो अभियानः

उच्च अदालत बार एशोसिएशन पाटनको आगामी २०८३–२०८५ कार्यसमिति निर्वाचनलाई लक्षित गर्दै बृहत् प्रगतिशील तथा पेशागत समूह (PPLA + NLA) ले आफ्नो चुनावी घरदैलो तथा प्रचार–प्रसार अभियान औपचारिक रूपमा सुरु गरेको छ।

बिहीबार (२०८३ साउन २१) वरिष्ठ अधिवक्ता सुशील कुमार पन्तको कानुनी फर्म Jurists and Company Pvt. Ltd. बाट अध्यक्षका उम्मेदवार सेवन्तराज निरौला नेतृत्वको १९ सदस्यीय प्यानलको प्रचार अभियान शुभारम्भ गरिएको हो।

कार्यक्रममा वरिष्ठ अधिवक्ता सुशील कुमार पन्त, नेपाल बार एशोसिएशनको झण्डा सगरमाथाको शिखरमा फहराउन सफल आरोही तथा अधिवक्ता सुदिज्ञ पन्त सहित जुरिस्ट एण्ड कम्पनी प्रा.लि. परिवारको सहभागिता रहेको थियो।

प्रचार अभियानको शुभारम्भ गर्दै वरिष्ठ अधिवक्ता पन्तले युवा तथा नवोदित कानून व्यवसायीहरूको पेशागत क्षमता अभिवृद्धिसँगै अग्रज कानून व्यवसायीहरूको ज्ञान, अनुभव र दक्षतालाई समन्वय गरी न्याय प्राप्तिको साझा लक्ष्यमा समर्पित हुनुपर्नेमा जोड दिए। उनले उच्च अदालत बार एशोसिएशन पाटन न्यायपालिकाको महत्वपूर्ण आधार संस्था भएकाले आगामी नेतृत्व जुझारु, संयमित, जिम्मेवार र पेशाप्रति प्रतिबद्ध हुनुपर्ने धारणा व्यक्त गर्दै सम्पूर्ण उम्मेदवारलाई सफलताको शुभकामना दिएका थिए।

बृहत् प्रगतिशील तथा पेशागत समूहले आगामी साउन ३० गते हुने निर्वाचनमा आफ्नो प्यानललाई अत्यधिक मतका साथ विजयी गराइदिन सम्पूर्ण मतदातासमक्ष अनुरोध समेत गरेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology