बुधबार, जेष्ठ २०, २०८३
Follow us:

टिकटकर तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइयो

टिकटकर तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइयो

  • सत्य खबर नेपाल

  • आइतवार, जेष्ठ १७, २०८३

  • 0
    SHARES
टिकटकर तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइयो

१७ जेठ, काठमाडौं । टिकटकर तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरेर नेपाल ल्याइएको छ ।

उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो । उनी भागेर विदेश गएको खुलेपछि रेड नोटिस जारी भएको थियो ।

उनीविरुद्ध प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा गत साउनमै उजुरी परेको थियो ।

उनलाई शनिबार राति नेपाल ल्याइएकाे र अहिले ललितपुर प्रहरीको हिरासतमा रहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व), सुनवल नगरपालिका–६ स्थायी ठेगाना भएकी अधिकारीलाई ठगी तथा आपराधिक विश्वासघात र सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

उनलाई थुनछेक प्रयोजनका लागि अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ । उनीविरुद्ध प्रहरी वृत्त सातदोबाटोमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा उजुरी परेको थियो ।पक्राउ पश्चात प्रहरी बृत्त सातदोबाटोमा अनुसन्धान भई रहेको प्रहरीले बताएको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology