शुक्रबार, बैशाख ४, २०८३
Follow us:

रेमिट्यान्सको भरमा देश, ११ महिनामा भित्रियो १५ खर्ब ३२ अर्ब ९३ करोड

रेमिट्यान्सको भरमा देश, ११ महिनामा भित्रियो १५ खर्ब ३२ अर्ब ९३ करोड

  • सत्य खबर नेपाल

  • मङ्लबार, असार २४, २०८२

  • 193
    SHARES
रेमिट्यान्सको भरमा देश, ११ महिनामा भित्रियो १५ खर्ब ३२ अर्ब ९३ करोड

काठमाडौँ। चालु आर्थिक वर्ष जेठ महिनामा पौने २ खर्बको रेमिट्यान्स स्वदेश भित्रिएको छ । यो रकम वैशाख महिनाको तुलनामा करिब १० अर्बले धेरै हो ।

चालु आव १०औं महिना अर्थात् वैशाखमा १ खर्ब ६५ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको थियो । तर, जेठमा भित्रिएको रेमिट्यान्स बढेर १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

चालु आव २०८१र८२ १० महिना (साउन–जेठ) सम्ममा विप्रेषण आप्रवाह १५।५ प्रतिशतले वृद्धि भई १५ खर्ब ३२ अर्ब ९३ करोड पुगेको छ । गत आव सोही अवधिमा विप्रेषण आप्रवाह १७।२ प्रतिशतले बढेको थियो ।

२०८२ जेठको विप्रेषण आप्रवाह १ खर्ब ७६ अर्ब ३२ करोड रहेको छ । अघिल्लो वर्ष सोही महिना यस्तो आप्रवाह १ खर्ब २८ अर्ब ९१ करोड थियो ।चालु आव ११ महिना अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२।७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ । गत आव सोही अवधिमा यस्तो आप्रवाह १५।२ प्रतिशतले बढेको थियो ।

चालु आव ११ महिनामा खुद द्वितीय आय १६ खर्ब ६८ अर्ब ३० करोड पुगेको छ । गत आव सोही अवधिमा यस्तो आय १४ खर्ब ४३ अर्ब १० करोड थियो ।

चालु आव जेठसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४ लाख ५२ हजार ३ सय २४ र पुनस् श्रम स्वीकृति लिनेको संख्या ३ लाख ८ हजार ६७ छ । गत आव सोही अवधिमा यस्तो संख्या क्रमशस् ४ लाख २१ हजार ३ सय ५६ र २ लाख ६१ हजार २ सय १० थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology