
काठमाडौं । सुदूरपश्चिमको भाषा, संस्कृति, जनविश्वास र मौलिक जीवनशैलीलाई समेटिएको नाटक ‘श्री बिज्जो भूत’ मण्डला थिएटरमा मञ्चन भइरहेको छ
मण्डला थिएटर र ‘शुभकाशा’को सहकार्यमा तयार भएको नाटकले सुदूरपश्चिममा पुस्तौँदेखि चलिआएको बिज्जो भूतसम्बन्धी जनविश्वासलाई कथाको आधार बनाएको छ। नाटकमा स्थानीय समुदायसँगको सहकार्यमा त्यहाँको भाषा, कला, संस्कृति र जनजीवनलाई रंगमञ्चमा प्रस्तुत गरिएको छ।
दिवस नाथको लेखन तथा बुद्ध तामाङ र आकाश नेपालीको निर्देशन रहेको नाटक असोज ६ गतेदेखि २५ गतेसम्म थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन हुँदै आएको छ।