-
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन) को सम्पत्ति विवरण सार्वजनिक भएको छ। सार्वजनिक विवरणअनुसार उनको नाममा तथा परिवारका सदस्यहरूको नाममा विभिन्न अचल तथा चल सम्पत्तिहरू रहेको उल्लेख गरिएको छ।
घरजग्गातर्फ, आमाको नाममा काठमाडौंमा ५ आना जग्गा र घर रहेको छ भने धनुषामा डेढ बिघा क्षेत्रफलमा घर रहेको जनाइएको छ। त्यसैगरी, महोत्तरीमा बाबुको नाममा १ बिघा जग्गा रहेको विवरणमा उल्लेख छ।
बैंक मौज्दाततर्फ, सामाजिक सञ्जालबाट आर्जित आम्दानीसहित करिब १ करोड ४६ लाख रुपैयाँ रहेको बताइएको छ।
सुनचाँदी तथा गरगहनातर्फ, श्रीमतीको नाममा करिब १९० तोला सुन रहेको विवरणमा समावेश गरिएको छ।
सेयर लगानी भने नरहेको उल्लेख छ।
त्यसैगरी, अन्य सम्पत्तिका रूपमा फेसबुक, युट्युब र टिकटक जस्ता सामाजिक सञ्जालमा रहेका ठूलो संख्याका फलोअर्सलाई पनि समेटिएको छ।
यस सम्पत्ति विवरणले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने सन्दर्भमा चासोको विषय बनेको छ।
सम्बन्धित समाचार