बुधबार, अशोज २८, २०८३
Follow us:

कीर्तिपुर क्याम्पसमा ४ दिने ‘स्टार्टअप र उद्यमशीलता’ सम्वन्धि बुटक्याम्प सम्पन्न

कीर्तिपुर क्याम्पसमा ४ दिने ‘स्टार्टअप र उद्यमशीलता’ सम्वन्धि बुटक्याम्प सम्पन्न

  • सत्य खबर नेपाल

  • शनिबार, अशोज १०, २०८३

  • 73
    SHARES
कीर्तिपुर क्याम्पसमा ४ दिने ‘स्टार्टअप र उद्यमशीलता’ सम्वन्धि बुटक्याम्प सम्पन्न

कीर्तिपुर, असोज — स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), विश्वविद्यालय क्याम्पस, कीर्तिपुरको आयोजनामा सञ्चालित ४ दिने ‘स्टार्टअप र उद्यमशीलता’ सम्वन्धि बुटक्याम्प सम्पन्न भएको छ।

विद्यार्थीहरूमा उद्यमशील सोच, सकारात्मक दृष्टिकोण, नवप्रवर्तन, नेतृत्व क्षमता र व्यावहारिक व्यावसायिक सीप विकास गर्ने उद्देश्यले आयोजित यस बुटक्याम्पले विद्यार्थीहरूलाई नयाँ सम्भावनाहरूसँग जोड्न सफल भएको छ।

कार्यक्रमको उद्घाटन व्यवस्थापन संकायका डीन प्रा.डा. महानन्द चालिसेको प्रमुख आतिथ्यता तथा स्ववियु सदस्य कुल बहादुर बुढा (केबि बुढा क्षेत्री) को संयोजकत्वमा सम्पन्न भएको थियो।

चार दिनसम्म चलेको यस कार्यक्रममा नेपालका ख्यातिप्राप्त उद्यमी, लेखक तथा समाजसेवी कर्ण शाक्यले विशेष मन्तव्य राख्दै विद्यार्थीहरूलाई आफ्नो प्रेरणादायी विचार, अनुभव र ज्ञानमार्फत उत्साहित गरेका थिए। त्यस्तै, कार्यक्रमको अन्तिम दिन प्रतिनिधि सभा सदस्य माननीय आनन्द बहादुर चन्दले ‘सुदूरपश्चिम स्टार्टअप समिट २०२६’ को सन्दर्भमा जानकारीमूलक विचार राखेका थिए।

बुटक्याम्पका विभिन्न सत्रहरूमा इ. खगेन्द्र बस्नेत, मुकेश धमला, अनिल बस्नेत, सहप्राध्यापक डा. गोविन्द तामाङ, सहायक प्राध्यापक डा. भरत सिंह थापा, सहप्राध्यापक डा. प्रमोद पौडेल, सहायक प्राध्यापक सुवन राज आचार्य र सगुन ढुङ्गानाले प्रशिक्षण तथा सहजीकरण गरेका थिए। उनीहरूको निरन्तर मार्गदर्शनले विद्यार्थीहरूको सोच र सम्भावनालाई उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।

यसैबीच, कार्यक्रम अन्तर्गत आयोजित ‘Idea Pitching Session’ मा डा. क्षेरीङ लामा, उज्ज्वल चापागाईं र डा. भरत सिंह थापाले निर्णायक मण्डलको भूमिका निभाएका थिए। केन्द्रिय पुस्तकालय प्रमुख सागर राज सुवेदीले हल व्यवस्थापनमा सहयोग पुर्‍याएका थिए।

कार्यक्रमको समापन गर्दै स्ववियु सचिव हिक्मत कुमार बुढाले यो चार दिने यात्रा केवल एउटा कार्यक्रम मात्र नभई सोच बदल्ने, सम्भावना पहिचान गर्ने र विचारलाई उद्यममा रूपान्तरण गर्ने महत्वपूर्ण सिकाइ यात्रा भएको बताए। “Ideas to Action, Learning to Leadership, Dreams to Entrepreneurship” भन्ने नारासहित सम्पन्न यस बुटक्याम्पले विद्यार्थीहरूलाई भविष्य निर्माणतर्फ अग्रसर हुन ठूलो ऊर्जा दिएको उनको भनाइ छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology