बिहिबार, भदौ २५, २०८३
Follow us:

अनेरास्ववियुद्वारा भोटेकोशी बाढीपीडितलाई नुवाकोटमा सात लाख बराबरको राहत सामग्री हस्तान्तरण

अनेरास्ववियुद्वारा भोटेकोशी बाढीपीडितलाई नुवाकोटमा सात लाख बराबरको राहत सामग्री हस्तान्तरण

  • सत्य खबर नेपाल

  • बिहिबार, भदौ ११, २०८३

  • 22
    SHARES
अनेरास्ववियुद्वारा भोटेकोशी  बाढीपीडितलाई  नुवाकोटमा  सात  लाख बराबरको राहत सामग्री हस्तान्तरण

नुवाकोट, भदौ ११ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नुवाकोटका बाढीपीडितलाई ७ लाख रुपैयाँ बराबरको खाद्य तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।

अनेरास्ववियुका अध्यक्ष दीपक धामीको नेतृत्वमा गएको ४० सदस्यीय टोलीले नुवाकोटका विभिन्न होल्डिङ सेन्टरमा रहेका बाढीपीडितलाई राहत सामग्री वितरण गरेको हो।

टोलीले आयुर्वेदिक अस्पताल, तल्लो पिपलटारस्थित होल्डिङ सेन्टरमा रहेका २०० जना घरबारविहीन बाढीपीडितलाई ३ लाख रुपैयाँ बराबरको खाद्य सामग्री हस्तान्तरण गरेको जनाएको छ।

त्यस्तै, श्री विदुर क्रियापुत्री भवनस्थित होल्डिङ सेन्टरमा रहेका १५० जना बाढीपीडितलाई ४ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री वितरण गरिएको अध्यक्ष धामीले जानकारी दिए।

बाढीका कारण घरबारविहीन भएका नागरिकलाई तत्काल आवश्यक खाद्य तथा स्वास्थ्य सामग्री उपलब्ध गराउने उद्देश्यले राहत लिएर टोली नुवाकोट पुगेको धामीले बताए।

अनेरास्ववियुले विपद्को समयमा पीडित नागरिकलाई सहयोग तथा राहत उपलब्ध गराउने अभियानलाई निरन्तरता दिने जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology