बुधबार, अशोज २८, २०८३
Follow us:

एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न अग्नि खरेलको माग

एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न अग्नि खरेलको माग

  • सत्य खबर नेपाल

  • मङ्लबार, अशोज ६, २०८३

  • 44
    SHARES
एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न अग्नि खरेलको माग

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य अग्नि खरेलले पार्टी पुनर्गठन कार्यदलले तयार पारेको प्रतिवेदनलाई केन्द्रीय कमिटीबाट टुंग्याउनुपर्ने बताएका छन्।

मंगलबार बसेको केन्द्रीय कमिटी बैठकमा बोल्दै खरेलले कार्यदलको प्रतिवेदन कार्यान्वयन नगरे पार्टीभित्रको विवाद थप तलसम्म पुग्ने बताएका हुन्।

उनले कार्यदलको प्रतिवेदन अब एमाले कार्यकर्ताको ‘सम्पत्ति’ बनिसकेको भन्दै त्यसलाई केन्द्रीय कमिटीबाट छलफल गरी एकरूपता दिनुपर्ने धारणा राखे।

‘कार्यदलको रिपोर्टलाई यहाँ नल्याई सामसुम पारियो र अध्यक्ष त्यसका लागि तयार हुनुभएन भने विवाद घट्दैन, झन् तलसम्म पुग्छ,’ खरेलले बैठकमा भने।

खरेलले कार्यदलको प्रतिवेदनलाई औपचारिक रूपमा छलफलमा ल्याउन माग गर्दै आफूले यसअघि नै ‘अर्ली महाधिवेशन’ नगर्न सुझाव दिएको स्मरण गराए। उनका अनुसार त्यतिबेला आफ्नो सुझाव नमान्दा अहिले पार्टी नेतृत्वसमेत संकटमा परेको अवस्था आएको हो।

‘त्यो बेला मैले अर्ली महाधिवेशन नगरौँ भनेको थिएँ, तपाईंहरूले मान्नुभएन। अहिले आएर अध्यक्षले पनि दुःख पाउनुभयो, अरूले पनि दुःख पाउनुभयो,’ उनले भने।

उनले ११औँ महाधिवेशनका लागि अझै करिब दुई वर्ष समय बाँकी रहँदै महाधिवेशन गरिएको र त्यही महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई पाँच–छ महिनामै हटाउने अवस्था सिर्जना हुनु गम्भीर विषय भएको बताए।

‘अध्यक्ष भर्खर निर्वाचित भएर आएको, मलाई कसरी हटाउने भन्नुहुन्छ। अरू साथीहरू तपाईंको कारणले अप्ठ्यारो भयो, ठाउँ छोडिदिनु राम्रो हुन्छ भन्छन्। महाधिवेशन भएको पाँच–छ महिनामै हट्नुपर्ने स्थिति बनेको छ, त्यो पनि आफ्नै टिमले हट्न भनिरहेको छ,’ खरेलले बैठकमा भने।

उनले समयमा उठेका सुझावलाई गम्भीरतापूर्वक नसुन्दा अहिलेको संकट सिर्जना भएको धारणा पनि राखेका छन्।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology