शुक्रबार, भदौ २६, २०८३
Follow us:

एमाले निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठक सुरु

एमाले निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठक सुरु

  • सत्य खबर नेपाल

  • शुक्रबार, भदौ २६, २०८३

  • 0 View
    SHARES
एमाले निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठक सुरु

काठमाडौँ । नेकपा एमालेको “निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल” को बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ।

बैठकमा महासचिव शंकर पोखरेलले यसअघि तयार पारेको ‘पार्टी सुदृढीकरण, रूपान्तरण र पुनर्जागरण’ सम्बन्धी प्रतिवेदनलाई उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले पुनर्लेखनसहित पेस गर्ने तयारी रहेको छ।

गत फागुन २१ गते सम्पन्न निर्वाचनमा एमालेले व्यहोरेको पराजयपछि जेठ पहिलो साता बसेको केन्द्रीय सचिवालय बैठकले उपाध्यक्ष बादलको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो।

कार्यदलले निर्वाचन परिणामको समीक्षा, पार्टी संगठनको अवस्था तथा आगामी दिनमा पार्टीलाई थप सुदृढ र पुनर्गठित बनाउने विषयमा छलफल गर्दै आएको छ। बैठकमा कार्यदलको प्रतिवेदनसहित पार्टीको आगामी रणनीतिबारे छलफल हुने बताइएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology