काठमाडौं । अनेरास्ववियु अमृत क्याम्पस कमिटीको आयोजनामा अन्तर कलेज बास्केटबल प्रतियोगिता २०८३ सम्पन्न भएको छ। १६ वटा कलेजहरूको सहभागिता रहेको उक्त प्रतियोगिता जेष्ठ १८ गते उद्घाटन भई जेष्ठ २१ गते सम्पन्न भएको अनेरास्ववियु अमृत क्याम्पस कमिटी अध्यक्ष दिनेश सिग्देलले बताएका छन्।

प्रतियोगिताको उपाधि गोल्डेनगेट इन्टरनेशनल कलेजले जित्दै नगद ५० हजार रुपैयाँसहित ट्रफी हात पारेको छ। फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै गोल्डेनगेट च्याम्पियन बनेको हो। त्यसैगरी, नाथम (NATHM) कलेज उपविजेता बन्दै नगद २५ हजार रुपैयाँ प्राप्त गर्न सफल भएको छ।
प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिका रूपमा अनेरास्ववियुका उपमहासचिव कमलराज जोशी सहभागी भएका थिए। कार्यक्रममा रविन्द्र महत, नवीन अयेर, सुनिल थापा, दिनेश कुमार चौधरी तथा आदित्य पौडेल लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

युवा विद्यार्थिहरुलाई एकताबद्ध, प्रेरित र सशक्त बनाउने सन्देश दिँदै सबैको सहयोग र विश्वासले प्रतियोगिता सफलतापुर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने सबैलाई धन्यबाद भन्दै एक कोर्ट, एक टिम, एक सपना — यही नारासहित सम्पन्न प्रतियोगिताले नेपाली युवा खेलकुद क्षेत्रलाई थप ऊर्जा र प्रेरणा प्रदान गरेको क्याम्पस कमिटीका सचिब गणेश शाहीले बताए ।