शनिबार, साउन ३०, २०८३
Follow us:

विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा नियुक्त प्राडा. खड्ग केसीले लिए शपथ

विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा नियुक्त प्राडा. खड्ग केसीले लिए शपथ

  • सत्य खबर नेपाल

  • बिहिबार, साउन २१, २०८३

  • 24
    SHARES
विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा नियुक्त प्राडा. खड्ग केसीले लिए शपथ

काठमाडौं, साउन २१ । विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष प्रा.डा. खड्ग केसीले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रालयमा आयोजित कार्यक्रममा अध्यक्ष केसीलाई शपथ गराएका हुन्। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले केसीलाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।

अध्यादेशमार्फत आयोगका तत्कालीन अध्यक्ष प्रा.डा. देवराज अधिकारी पदमुक्त भएपछि अध्यक्ष पद रिक्त रहेको थियो। यद्यपि, अध्यादेश जारी हुनुअघि नै अधिकारीले पदबाट राजीनामा दिएका थिए।

नवनियुक्त अध्यक्ष केसीले पनि अध्यादेश जारी हुनुअघि नै त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष पदबाट राजीनामा दिएका थिए। उनी २०८१ वैशाखमा शिक्षाध्यक्ष नियुक्त भएका थिए। त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपति प्रा.डा. केसरजंग बरालले राजीनामा दिएपछि केसीले केही समय उपकुलपतिको जिम्मेवारी समेत सम्हालेका थिए।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक अध्ययन विभागका प्राध्यापक रहेका केसीले अब विश्वविद्यालय अनुदान आयोगको नेतृत्व गर्दै उच्च शिक्षा क्षेत्रका नीतिगत तथा संस्थागत सुधारका कार्यहरू अघि बढाउने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology