शनिबार, साउन ३०, २०८३
Follow us:

फोनिज स्थापना दिवसमा दुई पत्रकार सम्मानित, अक्षयकोषमा ८० हजार सङ्कलन

फोनिज स्थापना दिवसमा दुई पत्रकार सम्मानित, अक्षयकोषमा ८० हजार सङ्कलन

  • सत्य खबर नेपाल

  • शुक्रबार, साउन २२, २०८३

  • 35
    SHARES

भरतपुर। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनले २७औँ स्थापना दिवसका अवसरमा दुई जना पत्रकारलाई सम्मान गरेको छ। संस्थागत विकास, संगठन सुदृढीकरण तथा आदिवासी जनजाति पत्रकारहरूको उन्नयनमा योगदान पुर्‍याएको भन्दै फोनिज चितवनका सचिव आशिक रानामगर र इच्छाकामना न्युज डटकमका कार्यकारी सम्पादक चित्र ‘सोल्टी’ गुरुङलाई सम्मान गरिएको हो।

कार्यक्रममा इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्तराज पराजुलीलगायतले सम्मान–पत्र र दोसल्ला प्रदान गरेका थिए। वक्ताहरूले आदिवासी जनजातिका हकअधिकार, पत्रकारिता र संगठन सुदृढीकरणमा फोनिजले खेलेको भूमिकाको प्रशंसा गरेका थिए।

  1. यसै अवसरमा फोनिज चितवनले पत्रकारहरूको क्षमता विकास तथा संस्थागत सुदृढीकरणका लागि स्थापना गर्न लागिएको ‘फोनिज अक्षयकोष’ मा हालसम्म करिब ८० हजार रुपैयाँ सङ्कलन भएको जनाएको छ।
    अक्षयकोषको लागि करिब ६० हजार रुपैयाँ फोनिज स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममै सङ्कलन भएको फोनिज चितवनका कोषाध्यक्ष उमेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार फोनिज चितवनका अध्यक्ष तुलमान गुरूङ, फोनिज वागमती प्रदेशका निवर्तमान उपाध्यक्ष राजेश रुम्बा, फोनिज चितवनकी कार्यसमिति सदस्य विनिता श्रेष्ठ, फोनिज चितवनका सचिव आशिक रानामगर, कोषाध्यक्ष उमेश श्रेष्ठ, नेपाल आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष शोभा थापामगर, भरतपुर निवासी चन्दा गुरूङ, फोनिज चितवनका निवर्तमान अध्यक्ष रमेश रानामगरलगायतले आर्थिक सहयोग गरेका छन् ।

फोनिज चितवनले फोनिजकर्मीलाई बलियो बनाउनको लागि अक्षयकोष सञ्चालन गर्न लागेको हुँदा कोष बलियो भएमा फोनिजकर्मी पनि सशक्त बन्न सक्ने लक्ष्य लिएको छ । सोहीअनुसार कोषलाई बढाउँदै लैजाने फोनिज चितवनका कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology