काठमाडौं । त्रिपुरेश्वरमा आफूले चलाउँदै आएको बसमा आगजनी गरेका चालक २५ वर्षीय अर्जुन दावा लामाको उपचारका क्रममा मृत्यु भएको छ।
प्रहरीका अनुसार सोमबार ट्राफिक प्रहरीसँग विवाद भएपछि लामाले रिद्धिसिद्धी यातायातको बसमा आगजनी गरेका थिए। बसमा आगजनी गरेपछि उनी बाहिर निस्कन नसकी घाइते भएका थिए।
घाइते लामाको उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो। उनको गएराति उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।