श्रावण ३०, काठमाडौं । काठमाडौंको बालुवाटारस्थित शिवपुरी स्कुलको अगाडि ‘पर्पल स्टुडियो’को भव्य उद्घाटन सम्पन्न भएको छ।

गायक कमल खत्री, अभिनेत्री तथा मोडल मेलिना मैनाली, एथोस ब्यान्ड तथा अजय एसजेबीको उपस्थितिमा स्टुडियोको उद्घाटन गरिएको हो।

महिला तथा पुरुषका लागि आकर्षक र गुणस्तरीय पहिरन उपलब्ध गराउने उद्देश्यसहित सञ्चालनमा आएको पर्पल स्टुडियोमा किफायती मूल्यमा प्रिमियम गुणस्तरका कपडा, झोला तथा स्यान्डललगायतका सामग्री उपलब्ध हुने बताइएको छ।


नयाँ शैली र आकर्षक डिजाइनका पहिरनलाई प्राथमिकता दिँदै सञ्चालनमा ल्याइएको स्टुडियोले ग्राहकलाई गुणस्तरीय सामग्री सहज मूल्यमा उपलब्ध गराउने लक्ष्य लिएको छ।

उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रका अतिथि तथा शुभेच्छुकहरूको समेत उपस्थिति रहेको थियो। बालुवाटारको शिवपुरी स्कुलको अगाडि सञ्चालनमा आएको पर्पल स्टुडियोले आफ्नो नयाँ यात्रासँगै फेसनप्रेमी ग्राहकका लागि विविध विकल्प प्रस्तुत गर्ने जनाएको छ।
