शनिबार, साउन ३०, २०८३
Follow us:

बालेन रविको सहकार्य टुक्र्याउने दुष्प्रयास भइरहेको छ : सोम शर्मा

बालेन रविको सहकार्य टुक्र्याउने दुष्प्रयास भइरहेको छ : सोम शर्मा

  • सत्य खबर नेपाल

  • सोमवार, साउन २५, २०८३

  • 42
    SHARES

काठमाडौं । सांसद सोम शर्माले प्रधानमन्त्री बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच फाटो ल्याउने प्रयास भइरहेको दाबी गरेका छन्।

संसदमा बोल्दै शर्माले पछिल्लो समय सरकारलाई कमजोर देखाउने उद्देश्यले अपवाहपूर्ण समाचारहरू सुनियोजित रूपमा फैलाइएको आरोप लगाए। उनले प्रधानमन्त्री साह र सभापति लामिछानेबीच कुनै किसिमको फाटो सम्भव नरहेको स्पष्ट पारे।

शर्माले बालेन र रविलाई *‘एउटै शरीरका दुई अटल हात’**को संज्ञा दिँदै एक हात कमजोर बनाउने प्रयास सफल हुन नदिने बताए। उनले सरकार ऐतिहासिक जनमतबाट बनेको र जनताको विश्वासमा अडिग रहेको दाबीसमेत गरे।

उनले बालेन्द्र साह र रवि लामिछानेबीचको सहकार्य टुक्र्याउने भ्रम कसैले पालेको भए त्यो सफल हुन नदिने चेतावनी दिए। साथै, सरकारलाई असफल देखाउने गरी फैलाइएका अफवाहप्रति सचेत रहनसमेत आग्रह गरे।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology