शनिबार, बैशाख ५, २०८३
Follow us:

ओलीले तिरे एमालेको लेबी

ओलीले तिरे एमालेको लेबी

  • सत्य खबर नेपाल

  • बुधबार, असार ११, २०८२

  • 145
    SHARES
ओलीले तिरे एमालेको लेबी

काठमाडौं। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सदस्यता शुल्क र लेबी तिरेका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलको वित्त तथा कोष व्यवस्थापन विभागमा आफै पुगेर ओलीले बुधबार दायित्व तिरेका हुन्।

अध्यक्ष ओलीलाई केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले रसिद बुझाएका थिए। उनले सदस्यता शुल्क र लेबी शुल्क ३ लाख ३ हजार ६ सय बुझाएका हुन्।

एमालेले मन्त्री, सांसद अथवा राजकीय पदमा नियुक्ति लिएकाबाट मासिक रूपमा लेबी उठाउने गरेको छ।

राजकीय पदमा भएकाले मासिक २५००० का दरले एक वर्ष ३ लाख अनि पार्टी सदस्यतावापत मासिक ३०० का दरले एक वर्षको ३६०० लेबी बुझाउनु पर्ने हुन्छ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology