शनिबार, बैशाख ५, २०८३
Follow us:

११ महिनामा बर्दघाट ९२ करोड राजस्व संकलन

११ महिनामा बर्दघाट ९२ करोड राजस्व संकलन

  • सत्य खबर नेपाल

  • बिहिबार, असार १२, २०८२

  • 107
    SHARES
११ महिनामा बर्दघाट ९२ करोड राजस्व संकलन

नवलपरासी। बर्दघाट सुस्ता पश्चिम नवलपरासी करदाता सेवा कार्यालय नवलपरासीले चालु आर्थिक वर्ष २०८१र८२ को ११ महिनाको अवधिमा कुल ९२ करोड ५२ लाख राजस्व संकलन गरेको छ।

चालु आवमा कार्यालयले साउनदेखि जेठ मसान्तसम्म कुल एक अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको नवलपरासी करदाता कार्यालयका प्रमुख एवम् कर अधिकृत फर्शुराम पोखरेलले बताए।

लक्ष्यअनुरुप राजस्व संकलन गर्न नसके पनि गत वर्षको तुलनामा ५।१३ प्रतिशत बढी राजस्व संकलन भएको उनले बताए।

संस्थागत आयकर संकलनमा ६५।९५ प्रतिशतले वृद्धि भएको छ भने मूल्य अभिवृद्धि कर संकलनमा १०।८८ प्रतिशतले वृद्धि भएको छ।

अन्तःशुल्कतर्फको १०।६९ प्रतिशतले राजस्व संकलन घटेको छ। वस्तु उत्पादनमा कमी आएपछि आन्तरिक शुल्क घटेको हो।

आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले रु एक अर्ब २२ करोड संकलन गर्ने लक्ष्य लिएकामा रु ८८ करोड राजस्व संकलन गरेको कर अधिकृत पोखरेलले जानकारी दिए।

नवलपरासी जिल्लालाई कार्यक्षेत्र बनाएर २०७७ कात्तिक ४ गते स्थापना भएको कार्यालयमा हालसम्म २३ हजारभन्दा बढी करदाता रहेका छन्।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology