बुधबार, भदौ २४, २०८३
Follow us:

जेनजी सहिद स्मृति दिवस कार्यक्रममा पुगेका आन्दोलनका घाइते पक्राउ

जेनजी सहिद स्मृति दिवस कार्यक्रममा पुगेका आन्दोलनका घाइते पक्राउ

  • सत्य खबर नेपाल

  • मङ्लबार, भदौ २३, २०८३

  • 1
    SHARES
जेनजी सहिद स्मृति दिवस कार्यक्रममा पुगेका आन्दोलनका घाइते पक्राउ

काठमाडौं । जेनजी सहिद स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा पुगेका जेनजी आन्दोलनका घाइते पवन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जेनजी आन्दोलनका क्रममा जलाइएको पुरानो संसद् भवनमा आयोजित कार्यक्रममा खड्का जेनजीहरूको पक्षमा बोलिरहेका थिए । सो क्रममा सहभागीहरूले हुटिङ गरेपछि उनले आफूलाई बोल्न दिनुपर्ने भन्दै आग्रह गरेका थिए ।

त्यसपछि कार्यक्रममा सहभागी जेनजीहरूको एक समूहले खड्कामाथि दुर्व्यवहार गरेको र प्रहरीले उनलाई कार्यक्रमस्थलबाट नियन्त्रणमा लिएको जनाइएको छ ।

घटनाबारे प्रहरीले भने औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology