शनिबार, बैशाख ५, २०८३
Follow us:

शम्भु श्रेष्ठ २५ हजार धरौटीमा रिहा

शम्भु श्रेष्ठ २५ हजार धरौटीमा रिहा

  • सत्य खबर नेपाल

  • शुक्रबार, असार १३, २०८२

  • 151
    SHARES
शम्भु श्रेष्ठ २५ हजार धरौटीमा रिहा

काठमाडौं। अदालतको अवहेलना मुद्दामा दृष्टि न्युज अनलाइनका प्रकाशक र सम्पादकसँग जनही २५ हजार रुपैयाँ धरौटी माग भएको छ।

विशेष अदालतका सबै न्यायाधीश सम्मिलित इजलासले बिहीबार दृष्टि न्युज अनलाइनका प्रकाशक शम्भुलाल श्रेष्ठ र सम्पादक एमपी भन्ने मानप्रसाद लिम्बुलाई २५-२५ हजार रुपैयाँ धरौटी माग गरेको हो।

विशेष अदालतमा ६ जना न्यायाधीश छन्। अदालत अवहेलनाको यो मुद्दाको इजलासमा अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू तेज नारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइराला छन्।

यस्तै, अदालतले शम्भुलाल श्रेष्ठले इजलासमा उल्लेख गरेका साक्षीलाई बकपत्रका लागि असार १५ गते बिहान १० बजे उपस्थित हुन भनेको छ।

बिहीबार सुनुवाइको क्रममा नेपाल बार एशोसिएसनका अध्यक्ष प्रा।डा विजयप्रसाद मिश्र अदालतको सहयोगी ९एमिकश क्युरी०को रूपमा उपस्थित भएका थिए। उनले एमिकश क्युरीको रुपमा यस मुद्दामा बहस गरेका हुन्।

अदालतले यस मुद्दामा अन्तिम सुनुवाइमा छलफलका लागि तीन जना एमिशस क्युरी पठाउन पनि एशोसिएसनलाई अनुरोध गरेको छ।

गत असार ८ गते दृष्टि साप्ताहिकले ‘विशेष अदालतमा बिचौलियाको चलखेल हटेन, सेटिङका मुद्दामा ३ महिनामै सफाइ’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो।

त्यस समाचारविरूद्ध नवराज सापकोटा सहितले उक्त अनलाइनलाई विपक्षी बनाउँदै अवहेलनाको मुद्दा दायर गरेका थिए।

प्रारम्भिक सुनुवाइ गर्दा विशेष अदालतले असार १० गते प्रकाशक, सम्पादक र समाचारका संवाददातालाई तीन दिनभित्र बयानका लागि उपस्थित हुन आदेश दिएको थियो। आदेशअनुसार प्रकाशक र सम्पादक हाजिर भए।

समाचारका खास संवाददाता नरहेको भन्दै सम्पादकले नै यसको जिम्मेवारी लिएका छन्।

अदालतले अर्को आदेश जारी नभएसम्म समाचार नहटाउन र कुनै पनि स्वरूप परिवर्तन नगर्न पनि आदेश दिएको थियो।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology