शनिबार, बैशाख ५, २०८३
Follow us:

प्रतिनिधि सभाको बैठक बस्दै

प्रतिनिधि सभाको बैठक बस्दै

  • सत्य खबर नेपाल

  • शनिबार, असार १४, २०८२

  • 73
    SHARES
प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौँ। प्रतिनिधि सभाको बैठक बस्दैछ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शनिबार बिहान ११ बजे बैठक बस्ने छ।

आजको बैठकबाट तीन वटा विधेयक पारित गर्ने कार्यसूची छ।

बैठकमा ‘नेपाल नागरिकता/दोस्रो संशोधन विधेयक, २०८२ लाई पारित गरिने कार्यसूची छ। उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गृहमन्त्री रमेश लेखकले प्रस्तुत गर्नेछन्।

त्यस्तै उपपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले ‘आर्थिक विधेयक, २०८२ लाई पारित गरियोस्ु भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

उनैले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology