सोमवार, साउन ११, २०८३
Follow us:

प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने

प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने

  • सत्य खबर नेपाल

  • शनिबार, असार १४, २०८२

  • 111
    SHARES
प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन्।

प्रधानमन्त्री ओलीले आजबाट गर्ने स्पेन भ्रमणका बारेमा संसद्लाई जानकारी गराउनुका साथै समसामयिक विषयमा सम्बोधन गर्ने छन्।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार साँझ स्पेन प्रस्थान गर्दै छन्।

 


सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology