शनिबार, बैशाख ५, २०८३
Follow us:

जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी : प्रधानमन्त्री

जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी : प्रधानमन्त्री

  • सत्य खबर नेपाल

  • शनिबार, असार १४, २०८२

  • 183
    SHARES
जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्रीे केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारी जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा रहेको बताएका छन् । चौहत्तरौँ मदन भण्डारीको जयन्तीका अवसरमा सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले आज नेपालको कम्युनिष्ट आन्दोलनलाई सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा नेताका रुपमा रहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालको कम्युनिष्ट आन्दोलनलाई सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा, जननेता मदन भण्डारीको आज ७४ औँ जन्मजयन्ती । जनताको बहुदलीय जनवादका प्रणेता जननेता मदन भण्डारीप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।’

आज एमाले र त्यसको जनवर्गीय सङ्गठनले तत्कालीन एमालेका महासचिव भण्डारीको ७४ औँ जन्मजयन्ती विविध कार्यक्रम गर्दै मनाउँदै छ ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology