शनिबार, बैशाख ५, २०८३
Follow us:

संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित

संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित

  • सत्य खबर नेपाल

  • आइतवार, असार १५, २०८२

  • 199
    SHARES
संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं। संघीय निजामती सेवा विधेयक आइतबारको प्रतिनिधि सभा बैठकबाट पारित भएको छ ।

विधेयक पारित हुनु अगाडि सभामा उठेका प्रश्नहरूमाथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता जवाफ दिएका थिए । उनले नेपालको संविधान २०७२ अनुसार विधेयक आएको बताए ।

यो विधेयक ऐनमा रूपान्तरित भएसँगै प्रशासनिक संघीयता कार्यान्वयन गर्न सहज हुने मन्त्री गुप्ताको विश्वास रहेको छ ।

राज्य व्यवस्था समितिबाट पास भएर अगाडि विधेयक जस्ताको तस्तै पास भए संघीय निजामती सेवाबाट अवकाश भएकाहरूले संवैधानिक नियुक्ति लिन दुई वर्ष पर्खनुपर्ने हुन्छ। आइतबार प्रतिनिधिसभाबाट पारित यो विधेयक अब राष्ट्रिय सभामा जान्छ ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology