शुक्रबार, बैशाख ४, २०८३
Follow us:

बालेनको सम्पत्ति विवरण– बैंकमा १ करोड ४६ लाख मौजात स्रोत सामाजिक संजाल

बालेनको सम्पत्ति विवरण– बैंकमा १ करोड ४६ लाख मौजात स्रोत सामाजिक संजाल

  • सत्य खबर नेपाल

  • आइतवार, चैत्र २९, २०८२

  • 33
    SHARES
बालेनको सम्पत्ति विवरण– बैंकमा १ करोड ४६ लाख मौजात स्रोत सामाजिक संजाल

काठमाडौं । प्रधानमन्त्रि बालेन(बालेन्द्र शाह) ले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक विवरण अनुसार उहाँको बैंक मौज्दात करिब १ करोड ४६ लाख रुपैयाँ रहेको उल्लेख गरिएको छ।

उक्त रकमको स्रोतका रूपमा उहाँले फेसबुक, युट्युब र टिकटकलगायत सामाजिक सञ्जालबाट भएको आम्दानी देखाउनुभएको छ।

सम्पत्ति विवरणमा उहाँकी पत्नी सविना काफ्लेको नाममा १९० तोला सुन रहेको उल्लेख छ, जसको स्रोत पैत्रिक सम्पत्ति रहेको जनाइएको छ।

त्यस्तै, परिवारको नाममा विभिन्न स्थानमा जग्गा रहेको विवरण सार्वजनिक गरिएको छ। आमा ध्रुवदेही शाहको नाममा काठमाडौंमा ५ आना र धनुषामा १.२ बिघा जग्गा रहेको छ भने पिता रामनारायण शाहको नाममा महोत्तरीमा ९ बिघा जग्गा रहेको उल्लेख छ।

समग्रमा, सार्वजनिक विवरण अनुसार शाह परिवारको नाममा काठमाडौं, धनुषा र महोत्तरी जिल्लामा करिब १०.२ बिघा जग्गा रहेको देखिएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology