शुक्रबार, बैशाख ४, २०८३
Follow us:

पुर्व–पश्चिम राजमार्ग’को नाम बदलेर सरकारले ‘महेन्द्र राजमार्ग’ भन्ने नाम पुनस्र्थापना गरेको छ ।

पुर्व–पश्चिम राजमार्ग’को नाम बदलेर सरकारले ‘महेन्द्र राजमार्ग’ भन्ने नाम पुनस्र्थापना गरेको छ ।

  • सत्य खबर नेपाल

  • मङ्लबार, बैशाख १, २०८३

  • 40
    SHARES

काठमाडौं| नेपालको सबैभन्दा लामो र देशलाई पूर्वदेखि पश्चिमसम्म जोड्ने जीवनरेखा मानिने महेन्द्र राजमार्ग अब फेरि पुरानै नाममा फर्किएको छ।

सरकारले पछिल्लो निर्णयमार्फत “पूर्व–पश्चिम राजमार्ग” को नाम पुनः “महेन्द्र राजमार्ग” कायम गर्ने निर्णय गरेको हो।
यो निर्णयसँगै देशभर राजनीतिक, सामाजिक र ऐतिहासिक बहस सुरु भएको छ।


यो राजमार्ग झन्डै १००० किलोमिटरभन्दा लामो रहेको छ र काँकडभिट्टादेखि महेन्द्रनगरसम्म फैलिएको नेपालको मुख्य यातायात धमनी हो, जसले देशको आर्थिक, व्यापारिक र सामाजिक विकासमा ठूलो योगदान दिएको छ।

  1. इतिहास हेर्ने हो भने, यो राजमार्ग तत्कालीन राजा महेन्द्र वीर विक्रम शाह को पहलमा निर्माण सुरु गरिएको थियो र पछि उनकै नाममा “महेन्द्र राजमार्ग” नामकरण गरिएको थियो।तर २०६३ पछि राजनीतिक परिवर्तनसँगै यसलाई “पूर्व–पश्चिम राजमार्ग” भनेर चिनाउन थालिएको थियो।अब फेरि सरकारको निर्णयले पुरानै नाम फर्काएपछि प्रश्न उठेको छ
    के यो ऐतिहासिक पहिचानको पुनर्स्थापना हो ?
    कि राजनीतिक निर्णय
  2. यता, सरकारले यही राजमार्गको विभिन्न खण्डहरूलाई ४ लेन तथा ६ लेनमा विस्तार गर्ने योजना पनि अघि बढाइरहेको छ, जसले भविष्यमा झन् आधुनिक र सुरक्षित यात्रा सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology