सोमवार, साउन ११, २०८३
Follow us:

राजसंस्था पुनर्स्थापनाको एजेन्डामा राणा–प्रसाईँबीच एकता

राजसंस्था पुनर्स्थापनाको एजेन्डामा राणा–प्रसाईँबीच एकता

  • सत्य खबर नेपाल

  • शुक्रबार, जेष्ठ २२, २०८३

  • 18
    SHARES
राजसंस्था पुनर्स्थापनाको एजेन्डामा राणा–प्रसाईँबीच एकता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशम्शेर राणा र राजावादी अभियन्ता दुर्गा प्रसाईँ राजसंस्था पुनर्स्थापनाको साझा एजेन्डासहित एकजुट भएका छन्। उनीहरूले शुक्रबार आयोजित कार्यक्रममा एकताको समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

समझदारी पत्रमा हस्ताक्षर गरेसँगै प्रसाईँले आफ्नो नेतृत्वमा रहेको ‘नागरिक बचाउ महाअभियान’ विसर्जन गरिएको घोषणा गरेका छन्। साथै, मलमास समाप्त भएपछि नयाँ राजनीतिक दल घोषणा गर्ने तयारी रहेको जानकारी दिइएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै राणाले पार्टीको नाम, झण्डा तथा अन्य संरचनात्मक विषय विज्ञहरूसँगको परामर्शपछि टुंगो लगाइने बताए। उनले मलमासपछि औपचारिक रूपमा नयाँ पार्टी घोषणा गरिने जानकारी पनि दिए।हेर्नुहोस्, एकताको समझदारी पत्र:


सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology