शनिबार, जेष्ठ ३०, २०८३
Follow us:

भारतको पाँचदिने भ्रमण सम्पन्न गरेर फर्किए रवि लामिछाने

भारतको पाँचदिने भ्रमण सम्पन्न गरेर फर्किए रवि लामिछाने

  • सत्य खबर नेपाल

  • शुक्रबार, जेष्ठ २२, २०८३

  • 10
    SHARES
भारतको पाँचदिने भ्रमण सम्पन्न गरेर फर्किए रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्। उनी बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत काठमाडौं आइपुगेका हुन्।

भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा जेठ १८ गते भारत प्रस्थान गरेका लामिछानेले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस. जयशंकर तथा भाजपा अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गरेका थिए।

भ्रमणका क्रममा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरसँग पनि भेट गरेका थिए।

लामिछानेको भ्रमण टोलीमा रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, पत्नी निकिता पौडेल तथा प्रदीप आचार्य सहभागी थिए।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology