मङ्लबार, असार २, २०८३
Follow us:

आठ विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो

आठ विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो

  • सत्य खबर नेपाल

  • मङ्लबार, असार २, २०८३

  • 16
    SHARES
आठ विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो

२ असार, काठमाडौं । विभिन्न आठ वटा विश्वविद्यालयका उपकुलपति पदका लागि सिफारिस भएका उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ताको मिति घोषणा गरिएको छ ।

उपकुलपति सिफारिस समितिले मंगलबार सार्वजनिक गरेको सूचनाअनुसार उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तर्वार्ता १३ गते देखि १५ असारसम्म सञ्चालन हुने भएको हो ।

समितिले त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति पदका लागि सिफारिस भएका उम्मेदवारको प्रस्तुतीकरण तथा अन्तर्वार्ता १३ असारका लागि तोकिएको छ ।

पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयको १४ असारका लागि तय गरिएको छ भने पोखरा विश्वविद्यालय र राजर्षी जनक विश्वविद्यालयको १५ असारका लागि तय गरिएको समितिले जनाएको छ । तोकिएको समयभन्दा १ घण्टा अगावै सक्कल कागजातसहित उपस्थिति हुन उम्मेदवारहरूलाई भनिएको छ ।

समितिका अनुसार निर्धारित तालिकाअनुसार उम्मेदवारहरूले आफ्नो कार्ययोजना तथा विश्वविद्यालय विकाससम्बन्धी अवधारणा प्रस्तुत गर्नेछन् । त्यसपछि उनीहरूको योग्यता, अनुभव, नेतृत्व क्षमता तथा भावी कार्यदिशाका विषयमा अन्तर्वार्ता लिइनेछ ।

अन्तर्वार्ता र प्रस्तुतीकरण सम्पन्न भएपछि समितिले योग्य उम्मेदवारहरूको नाम सिफारिस गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ ।

हेरौ सूचनाः-


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology