चितवन, असार ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत आज दोस्रो दिन बन्दसत्रका विभिन्न महत्वपूर्ण कार्यक्रमहरू सञ्चालन हुँदैछन्।
पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बिहान ८:३० बजेदेखि दोस्रो सत्र सुरु हुने कार्यतालिका रहेको छ।
दोस्रो दिनको प्रमुख कार्यसूचीमा अनुशासन आयोगको प्रतिवेदन, वित्तीय प्रतिवेदन, संगठनात्मक प्रतिवेदन तथा विधान संशोधन प्रस्तावमाथि प्रस्तुति र छलफल समावेश गरिएको छ। त्यसैगरी उपसभापति डा. स्वर्णिम वाग्ले ले पार्टीको अर्थ–राजनीतिक प्रस्तावना प्रस्तुत गर्ने कार्यक्रम छ।
सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्दै आयोजक समितिको सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गरिने कार्यसूची रहेको छ।

दोस्रो दिनको कार्यतालिका:
- बिहान ७:०० बजे – नास्ता
- बिहान ८:३० बजे – दोस्रो सत्र प्रारम्भ
- ८:३०–८:५० – अनुशासन आयोगको प्रतिवेदन प्रस्तुति तथा छलफल
- ९:००–९:३० – वित्तीय प्रतिवेदन प्रस्तुति तथा छलफल
- १०:००–१०:४५ – संगठनात्मक प्रतिवेदन प्रस्तुति तथा छलफल
- १०:४५–११:४५ – विधान संशोधन प्रस्ताव प्रस्तुति तथा अनुमोदन
- ११:४५–१२:१५ – अर्थ–राजनीतिक प्रस्तावना
- १२:१५–१:१५ – सभापतिद्वारा राजनीतिक प्रतिवेदन
- १:१५–१:२५ – अन्तरिम व्यवस्थापन समिति गठन घोषणा तथा जिम्मेवारी हस्तान्तरण
- १:२५ बजेदेखि – भोजन
- त्यसपछि निर्वाचन आयोगले सार्वजनिक गर्ने तालिकाअनुसार निर्वाचन प्रक्रिया सञ्चालन हुने।
महाधिवेशनको दोस्रो दिन पार्टीको भावी राजनीतिक, सांगठनिक तथा वैचारिक दिशाबारे महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ।