शनिबार, साउन ३०, २०८३
Follow us:

पाटन उच्च बार निर्वाचन : बृहत् प्रगतिशील तथा पेशागत समूहको घरदैलो अभियान सुरु

पाटन उच्च बार निर्वाचन : बृहत् प्रगतिशील तथा पेशागत समूहको घरदैलो अभियान सुरु

  • सत्य खबर नेपाल

  • बिहिबार, साउन २१, २०८३

  • 41
    SHARES
पाटन उच्च बार निर्वाचन : बृहत् प्रगतिशील तथा पेशागत समूहको घरदैलो अभियान सुरु

काठमाडौं । उच्च अदालत बार एशोसिएशन पाटनको आगामी २०८३–२०८५ कार्यसमिति निर्वाचनलाई लक्षित गर्दै बृहत् प्रगतिशील तथा पेशागत समूह (PPLA + NLA) ले आफ्नो १९ सदस्यीय उम्मेदवार प्यानल सार्वजनिक गर्दै घरदैलो तथा प्रचार–प्रसार अभियान औपचारिक रूपमा सुरु गरेको छ।

मिति २०८३ साउन २१ गते वरिष्ठ अधिवक्ता सुशील कुमार पन्तको कानुनी फर्म Jurists and Company Pvt. Ltd. बाट अध्यक्षका उम्मेदवार सेवन्तराज निरौलाको नेतृत्वमा रहेको प्यानलको चुनावी अभियान शुभारम्भ गरिएको हो। कार्यक्रममा वरिष्ठ अधिवक्ता पन्त, नेपाल बार एशोसिएशनको झण्डा सगरमाथाको शिखरमा फहराउन सफल आरोही तथा अधिवक्ता सुदिज्ञ पन्तसहित जुरिस्ट एण्ड कम्पनी प्रा.लि. परिवारको सहभागिता रहेको थियो।

बृहत् प्रगतिशील तथा पेशागत समूह (PPLA + NLA) को प्यानल

पदाधिकारी

  • अध्यक्ष : सेवन्तराज निरौला
  • उपाध्यक्ष : दुर्गा प्रसाद चिमरिया
  • सचिव : राजीव पोखरेल
  • सह- सचिव : सीमा सुवेदी
  • कोषाध्यक्ष : दिलकुमार कार्की

महिला सदस्य

  • अनिता पौडेल
  • इन्दिरा कुमारी शर्मा (सुवेदी)
  • बबिता राई

खुला सदस्य

  • विष्णु महत
  • शर्मिला अधिकारी
  • दीपेश ओझा
  • सुलभ पराजुली
  • मैयाँ ढुंगाना
  • निश्चल खरेल
  • बालकृष्ण थापा
  • राजन केसी
  • कटकबहादुर शाही
  • गोविन्दकुमार साह
  • मातृका खनाल

अभियान शुभारम्भ कार्यक्रममा वरिष्ठ अधिवक्ता सुशील कुमार पन्तले युवा तथा नवोदित कानून व्यवसायीहरूको हित, पेशागत दक्षताको विकास तथा अग्रज कानून व्यवसायीहरूको ज्ञान, अनुभव र दक्षताको समिश्रण गर्दै न्याय प्राप्तिको लक्ष्यमा सम्पूर्ण टिम समर्पित हुनुपर्नेमा जोड दिएका थिए। उनले उच्च अदालत बार एशोसिएशन पाटन न्यायपालिकाको महत्वपूर्ण आधार संस्था भएकाले भावी नेतृत्व जुझारु, संयमित, पेशाप्रति प्रतिबद्ध र उत्तरदायी हुनुपर्ने धारणा व्यक्त गर्दै सम्पूर्ण उम्मेदवारलाई सफलताको शुभकामना व्यक्त गरेका थिए।

बृहत् प्रगतिशील तथा पेशागत समूहले आगामी साउन ३० गते हुने निर्वाचनमा आफ्नो १९ सदस्यीय प्यानललाई अत्यधिक मतका साथ विजयी गराउन सम्पूर्ण वरिष्ठ अधिवक्ता, अधिवक्ता तथा कानून व्यवसायी मतदातासँग हार्दिक अपिल गरेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology