शनिबार, बैशाख ५, २०८३
Follow us:

नेप्से परिसूचक स्थिर

नेप्से परिसूचक स्थिर

  • सत्य खबर नेपाल

  • बुधबार, असार ११, २०८२

  • 37
    SHARES
नेप्से परिसूचक स्थिर

काठमाडौं। बुधबार नेप्से परिसूचक स्थिर रहेको छ। मंगलबार २६००।५३ विन्दुमा बन्द भएको नेप्से यसदिन २६००।२० विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम पनि केही बढेको छ।

मंगलबार पाँच अर्ब ७६ करोड रूपैयाँको कारोबार भएकोमा बुधबार पाँच अर्ब ९४ करोड रूपैयाँको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम १८ करोड रूपैयाँ बढेको हो।

आज ३११ वटा धितोपत्रको एक करोड ३७ लाख ५९ हजार ६०४ कित्ता सेयर किनबेच भएको हो।
बुधबार ११२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३४ वटाको घटेको छ। यस्तै एक कम्पनी स्थिर रहेको छ।

यसदिन मोदी इनर्जीको मूल्य सर्वाधिक ९।९९ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ३३१ रूपैयाँ ५० पैसा कायम भएको छ।

यस्तै, तेह्रथुम पावरको मूल्य ९।७७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४०४ रूपैयाँ ४४ पैसा पुगेको छ।

जोशी हाइड्रोपावरको मूल्य सर्वाधिक ९।५१ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ३६२ रूपैयाँ ९२ पैसामा झरेको छ।

यसैगरी, हिमालयन पावर पार्टनरको मूल्य ९।०२ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ५५० रूपैयाँ ०३ पैसा कायम भएको छ।

बुधबार बुटवल पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ।

कम्पनीको प्रतिकित्ता ८४२ रूपैयाँमा ५३ करोड ९४ लाख रूपैयाँको सेयर कारोबार भएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा ४।०५ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआरएन इन्फ्रास्टक्चर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता दुई हजार २८ रूपैयाँमा ३६ करोड १६ लाख बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सात समूहको परिसूचक घटेको छ भने बाँकी ६ समूहको बढेको छ।

यसदिन होटल्स समूहको परिसूचक सर्वाधिक १.४३ प्रतिशतले बढेको छ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology