सोमवार, साउन ११, २०८३
Follow us:

काभ्रेमा घरको छानाबाट लडेर एक जनाको मृत्यु

काभ्रेमा घरको छानाबाट लडेर एक जनाको मृत्यु

  • सत्य खबर नेपाल

  • शुक्रबार, असार १३, २०८२

  • 110
    SHARES
काभ्रेमा घरको छानाबाट लडेर एक जनाको मृत्यु
प्रतिकात्मक तस्बिर

काभ्रे। काभ्रेमा घरको छानाबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रोल्पाको मादी गाउँपालिका ६ घर भई हाल काभ्रेको बनपा नगरपालिका १२ बाँसडोल बस्दै आएका ४२ वर्षीय अमृत घर्तीमगर रहेका प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार स्थानीय गोरखा चाइनिज इट्टाभट्टामा काम गर्दै आएका घर्ती सोही भट्टाको जस्ताको छानोमा प्लाष्टिक ओढाउने क्रममा बिहीबार साँझ छानाबाट खसेका थिए। छानाबाट पानी चुहिन थालेपछि उनी प्लाष्टिक ओढाउन छानामा चढेको बेला घटना भएको हो।

छानाबाट खसेर गम्भीर घाइते भएका उनलाई इट्टाभट्टाका म्यानेजर अनिल दुवालले उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपा लगेका थिए।

उपचारकै क्रममा गएराति उनलाई डाक्टरले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएपछि प्रहरी चौकी साँगाबाट हबलदार बेलबहादुर श्रेष्ठको कमाण्डमा गएका प्रहरीले अनुसन्धान अघि बढाएका छन्। घटनाको विषयमा मृतकका आफन्तलाई पनि खबर गरिएको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology