शनिबार, बैशाख ५, २०८३
Follow us:

एक हजार ७४ किलो गाँजासहित चार जना पक्राउ

एक हजार ७४ किलो गाँजासहित चार जना पक्राउ

  • सत्य खबर नेपाल

  • मङ्लबार, असार १७, २०८२

  • 186
    SHARES
एक हजार ७४ किलो गाँजासहित चार जना पक्राउ

मकवानपुर। कैलाश गाउँपालिका–५ कटहरेबाट एक हजार ७४ किलो अवैध गाँजासहित चार जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा स्थानीय ७३ वर्षीय हरिबहादुर वाइवा, ४८ वर्षीय बुद्धिबहादुर पाख्रिन, ३४ वर्षीय अरूण गोले र १९ वर्षीय राजेन्द्र लामा छन्।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले हरिबहादुर, बद्धिबहादुर, अरूण, राजेन्द्र, सोही ठाउँ बस्ने गोकर्ण पौडेल, मानबहादुर मोक्तान र सोमलाल गोलेको घर तलासी गर्दा ५४ बोरामा रहेको उक्त परिमाणको गाँजा फेला परेको हो। प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology