सोमवार, बैशाख ७, २०८३
Follow us:

प्रतिनिधि सभा सदस्य रामाकान्त चौरसियालाई पुर्वाधार समितिमा जिम्मेवारी

प्रतिनिधि सभा सदस्य रामाकान्त चौरसियालाई पुर्वाधार समितिमा जिम्मेवारी

  • सत्य खबर नेपाल

  • सोमवार, बैशाख ७, २०८३

  • 23
    SHARES

पर्सा | पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामाकान्त प्रसाद चौरसिया नेपाल सरकारको पूर्वाधार विकास समितिको सदस्यमा मनोनित हुनुभएको छ।
सरकारले हालै गरेको निर्णयअनुसार चौरसियालाई उक्त समितिमा सदस्यका रूपमा समावेश गरिएको हो। देशको समग्र पूर्वाधार विकास, योजना कार्यान्वयन तथा निगरानीमा समितिको महत्वपूर्ण भूमिका रहने भएकाले उहाँको नियुक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
चौरसियाले यस जिम्मेवारीले आफूलाई थप सक्रिय र उत्तरदायी बनाउने बताउँदै देशको विकास निर्माणका कार्यलाई प्रभावकारी ढंगले अघि बढाउन प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले विशेषगरी सडक, पुल, खानेपानी तथा अन्य भौतिक पूर्वाधारका क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्न पहल गर्ने उल्लेख गर्नुभयो।
राजनीतिक विश्लेषकहरूले उहाँको अनुभव र सक्रियताले समितिको कामलाई थप गति दिने अपेक्षा गरेका छन्।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology