काठमाडौं । पर्सा–४ का सांसद टेक बहादुर शाक्यले साँचो जनप्रतिनिधिको उदाहरण प्रस्तुत गरेका छन्। काठमाडौँमा रहँदै उनले आफ्नै क्षेत्रबाट आएका नागरिकसँग भुइँमै बसेर प्रत्यक्ष रूपमा समस्या सुन्ने र समाधानको बाटो खोज्ने काम गरिरहेका छन्।
सांसद शाक्यको यस्तो व्यवहारले जनप्रतिनिधि र नागरिकबीचको दूरी घटाउँदै विश्वास बढाएको स्थानीयले बताएका छन्। पद र जिम्मेवारी ठूलो भए पनि सरल, सहज र जनतामुखी शैली नै नेतृत्वको असली पहिचान हुने उनको व्यवहारबाट स्पष्ट देखिएको छ।
