शनिबार, जेष्ठ ३०, २०८३
Follow us:

गृहमन्त्री सुदन गुरुङको राजीनामा, नैतिकताको उदाहरण प्रस्तुत

गृहमन्त्री सुदन गुरुङको राजीनामा, नैतिकताको उदाहरण प्रस्तुत

  • सत्य खबर नेपाल

  • बुधबार, बैशाख ९, २०८३

  • 78
    SHARES
गृहमन्त्री सुदन गुरुङको राजीनामा, नैतिकताको उदाहरण प्रस्तुत

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले २०८२ चैत १३ गतेदेखि सम्हालेको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै आएको उल्लेख गर्दै पछिल्ला दिनहरूमा आफ्नो शेयरसम्बन्धी विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीरतापूर्वक लिएको बताएका छन्।
गुरुङले पदभन्दा नैतिकता र जनविश्वास ठूलो हुने धारणा राख्दै देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग बढिरहेको सन्दर्भमा आफ्नो कदमलाई त्यसकै प्रतिबिम्बका रूपमा प्रस्तुत गरेका छन्। उनले Gen Z आन्दोलनले सार्वजनिक जीवन स्वच्छ र नेतृत्व उत्तरदायी हुनुपर्ने सन्देश दिएको पनि उल्लेख गरेका छन्।
उनका अनुसार आफू सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कुनै ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’ नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएका हुन्। उनले आफ्नो कदमलाई नैतिक जिम्मेवारी निर्वाहका रूपमा व्याख्या गरेका छन्।
साथै, उनले सञ्चारकर्मी, आम नागरिक तथा युवालाई सत्य, इमानदारी र आत्मशुद्धिको मार्गमा अघि बढ्न अपिल गरेका छन्।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology