जेष्ठ ११, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को गोकर्णेश्वर नगर सभापतिमा भागवत सापकोटा निर्वाचित भएको छन्। उनका निकटतम प्रतिद्वन्दि आदर्श क्षेत्रिले ६५ मत प्राप्त गर्दा उनले ७७ मत प्राप्त गरि विजय हुन सफल भएका हुन। यसैगरि उपसभापति पदमा गोकर्णेश्वर क्षेत्रमा युवाहरु माझ अत्यन्तै लोकप्रिय सुजित खत्रि सर्वसहमत निर्वाचित भएका छन् भने सचिबमा कृष्ण प्रसाद चम्लागाई निर्वाचित हुनु भएको छ । शनिवार जोरपाटी नयाँबस्तिमा भएको गोकर्णेश्वर नगरपालिकाको प्रथम नगर अविवेशनबाट १५ सदस्यीय समितिमा २ जना सदस्य पछि मनोनित हुने गरी अध्यक्ष बाहेकका सबै निर्विरोध निर्वाचित भएका छन् । गोकर्णेश्वर नगर समितिमा निर्वाचित हुने अन्य पदाधिकारीमा सहसचिव उत्तम प्रसाद दाहाल र सदस्यहरुमा सुमित्रा धिमाल, पूर्ण बहादुर दमाई, श्यामहरि पोखरेल, मधु घिमिरे, रुपेश कुमार अर्याल, सुमित्रा दुलाल, अनिता पौडेल, समिता श्रेष्ठ, रश्मी परिवार निर्वाचित भएका छन्।
कार्यक्रममा प्रमुख व्यक्तित्व रास्वपाका संसदीय दलका उपनेता तथा काठमाडौं क्षेत्र नं.७ बाट प्रतिनिधि सभा सदस्य गणेश पराजुलीले प्रमुख आतिथ्यता गर्नु भएको थियो भने कार्यक्रमको सभापतित्व नगर सभापति भागवत सापकोटाले गरेका थिए।
कार्यक्रममा काठमाडौं जिल्ला सभापति तथा काठमाडौं-१० का प्रतिनिधि सभा सदस्य प्रदिप विष्ट, काठमाडौं-३ का प्रतिनिधि सभा सदस्य राजुनाथ पाण्डे लगायतको विशेष उपस्थिती तथा काठमाडौं जिल्ला सहसचिव तथा संगठन विभाग प्रमुख सौरभ बस्नेत, क्षेत्रीय सभापति उज्ज्वल सापकोटा, गोकर्णेश्वर-४ का वडा अध्यक्ष जयराम महत लगायतको उपस्थिती रहेको थियो ।
नगर सभापतिमा निर्वाचित भए पछि सापकोटाले आगामी दिनमा पार्टीलाई बलियो बनाएर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नु हुँदै गोकर्णेश्वर नगरपालिकाको विकासका लागि तीनै तहका सरकारसँग सहकार्य गर्ने बताउनु भयो । सभापति सापकोटाले स्थानीय चुनावमा वडा र नगरमा रास्वपालाई जिताउने उदेश्यका साथ पार्टी पंक्तिलाई परिचालन गर्दै र आम जनतालाई रास्वपाप्रति भरोसा बढाउँदै अगाडी बढ्ने समेत बताए ।
नगर अधिवेशनबाट उपसभापति पदमा निर्वाचित सुजित खत्रिले अधिवेशन सफल बनाउन अहोरात्र खट्नु हुने सम्पुर्ण लाई धन्यबाद दिदै भने “परिवर्तनको बेग र समयको मागलाई मध्यनजर गर्दै रास्वपा प्रति युवाहरुको आशा भरोषा लाई सम्मान गर्दै गोकर्णेश्वर नगरको विकास समृद्धिका लागि निरन्तर कृयाशिल हुनेछौ।“
कार्यक्रम सञ्चालन गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का वडा सभापति विश्वराज रिजालले गर्नु भएको थियो ।