काठमाडौं । मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गरेको छ।प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनु भएको मन्त्रिपरिषद बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको हो।

आज बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गर्ने बजेट स्वीकृत गरेको शिक्षामन्त्री सस्मित पोखरेलले बताए। आजै अर्थ मन्त्रि डा. स्वर्णिम वाग्ले बजेट पेश गर्नु हुनेछ ।