शनिबार, बैशाख ५, २०८३
Follow us:

१५ औँ महाधिवेशनको मिति तत्काल तोकौँ : नैनसिंह महर

१५ औँ महाधिवेशनको मिति तत्काल तोकौँ : नैनसिंह महर

  • सत्य खबर नेपाल

  • मङ्लबार, असार १७, २०८२

  • 138
    SHARES
१५ औँ महाधिवेशनको मिति तत्काल तोकौँ : नैनसिंह महर

काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको १५ औँ महाधिवेशनको मिति तत्काल तोकेर तल्लो तहसम्मका कार्यकर्तामा रहेको भ्रम चिर्न नेतृत्वसँग माग गरेका छन्।

सोमबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो धारणा राख्दै महरले महाधिवेशनको अनिश्चितताले पार्टी पङ्क्तिमा अन्योल बढाएको र सांगठनिक गतिशीलतामा असर पारेको बताए ।

उनले भने, ‘महाधिवेशनबारे अनेक भ्रम छरिएका छन्। यसले पार्टी पङ्क्तिमा अन्योल बढाएको छ। विधान अनुसार समयमै तयारी गर्न र पार्टीलाई गतिशील बनाउन १५ औँ महाधिवेशनको कार्य तालिकासहित मिति घोषणा गर्न अब ढिलाइ गर्नु हुँदैन।’

बैठकमा पार्टीको साङ्गठनिक सुदृढीकरण, सरकारको कामकारबाही, गठबन्धनको भविष्य र पार्टीको आगामी रणनीतिका विषयमा महरले विस्तृत र बुँदागत रूपमा आफ्ना विचारहरू प्रस्तुत गरेका थिए ।

नेता महरले पार्टी सङ्गठनलाई सुदृढ गर्न तत्काल कदम चाल्नुपर्नेमा जोड दिए। उनले क्रियाशील सदस्यता वितरण र नवीकरणलाई व्यवस्थित गर्दै अनलाइन प्रणालीमा लैजान सुझाव दिए। लामो समयदेखि हुन नसकेको भातृ संस्थाहरूको महाधिवेशन तुरुन्तै सम्पन्न गर्नुपर्ने, विभागहरूलाई पूर्णता दिनुपर्ने र पार्टीको क्यालेण्डर कडाइका साथ कार्यान्वयन गर्नुपर्ने बताए ।

उनले पार्टीका निर्णयहरू संस्थागत हुनुपर्नेमा जोड दिँदै भने, ‘संयन्त्रलाई संविधानले चिन्दैन, पदाधिकारी बैठकको निर्णयलाई पार्टी विधानले चिन्दैन। सबै निर्णय केन्द्रीय समितिबाट हुनुपर्छ वा पदाधिकारी बैठक विधानतः व्यवस्था गरिनुपर्छ।’


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology