बुधबार, जेष्ठ २०, २०८३
Follow us:

रुपन्देहीको उपचुनाव राष्ट्रिय जनमोर्चाले एक्लै भाग लिने

रुपन्देहीको उपचुनाव राष्ट्रिय जनमोर्चाले एक्लै भाग लिने

  • सत्य खबर नेपाल

  • सोमवार, असार २३, २०८२

  • 117
    SHARES
रुपन्देहीको उपचुनाव राष्ट्रिय जनमोर्चाले एक्लै भाग लिने

काठमाडौं। नेकपा मसालले रुपन्देहीको उपचुनाव राष्ट्रिय जनमोर्चाको ब्यानरमा एक्लै भाग लिने बताएको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८२ असार २३ गते सोमबार प्रेसवक्तव्य जारी गर्दै मसालले सो जानकारी दिएको हो ।

नीतिगत रूपमा चुनावी तालमेल गर्ने नीतिमा कुनै फेरबदल नभएको जानकारी दिँदै मसालले स्थानीयस्तरका चुनावमा तालमेलको ढोका खुला राखेको पनि स्पष्ट पारेको छ ।

गत कालको चुनावी तालमेलको क्रममा अन्य पक्षले धोका दिएको शिक्षास्वरूप नै अहिले रुपन्देहीमा एकल रूपमा चुनावमा भाग लिन थालेको बताउँदै मसालले यो चुनावले २०८२ सालको चुनावका लागि नीतिगत आधार तयार पार्ने पनि बताएको छ।

‘रुपन्देहीमा हुन थालिरहेको चुनावमा पनि हाम्रो उद्देश्य बढीभन्दा बढी राजनीतिक भण्डाफोर गर्नु, जनताको राजनीतिक चेतना उठाउनु र जनाधारको निर्माण गर्नु नै हुनेछ’ वक्तव्यमा भनिएको छ, ‘यद्यपि त्यसका साथ साथै जनताको बढी समर्थन प्राप्त गरेर बढीभन्दा बढी भोट प्राप्त गर्नका लागि हामीले कोसिस गर्नेछौँ।’

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology